२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट मिति तय


सञ्चार डबली
  • सोमबार, मंसिर १८ २०८०
  • 7.9K
    SHARES

  • images
    मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट मिति तय


    काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आइपिओ मङ्सिर १९ गते (मंगलबार) बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार कम्पनीको आइपिओ मङ्गलवार बाँडफाँड गरिने मिति तय भएको हो ।

    मङ्सिर ८ गतेदेखि १२ गतेसम्म निष्कासन खुला गरेको कम्पनीको आईपीओमा १३ लाख २२ हजार ९५४ जनाले १ अर्ब ४३ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख २८ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् ।

    कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरू र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्कासन खुला गरेको थियो ।

    सर्वसाधारणका लागि छुट्टाइएको शेयर १ लाख १४ हजार ८ सय जनाले १०–१० कित्ताका दरले पाउने छन् । कम्पनीले बेबोनबाट जारी पुँजी ७० करोड रुपियाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपियाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend