२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


सञ्चार डबली
  • सोमबार, मंसिर ११ २०८०
  • 9.9K
    SHARES

  • images
    बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।हिजो तोलामा ६०० रुपैयाँले बढेको सुन आज पनि ५०० रुपैयाँले वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ८ सय ५० रुपैयाँ कायम छ ।

    हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको बिक्री मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज १५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय ८५ रुपैयाँ थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend