२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

दुई करोड नाघ्यो वालेट मार्फत कारोबार गर्नेको संख्या


सञ्चार डबली
  • आइतबार, मंसिर १० २०८०
  • 8.0K
    SHARES

  • images
    दुई करोड नाघ्यो वालेट मार्फत कारोबार गर्नेको संख्या


    काठमाडौं । नेपालमा भुक्तानी सेवा प्रदायक वालेट मार्फत कारोबार गर्नेको संख्या दुई करोड नाघेको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० असोजको मासिक भुक्तानी प्रणाली सूचकमा वालेट मार्फत कारोबार गर्नेको संख्या २ करोड २ लाख ७६ हजार १६१ पुगेको देखिन्छ।

    नेपालमा एक वर्षको अवधिमा वालेट प्रयोगकर्ताको संख्या ३६.६३ प्रतिशत अर्थात ५४ लाख ३६ हजार ८८१ ले बढेको छ। गत वर्ष २०७९ असोजमा वालेट प्रयोगकर्ता १ करोड ४८ लाख ३९ हजार ८२० रहेका थिए।गत भदौंमा वालेटका प्रयोगकर्ता १ करोड ९९ लाख २२ हजार ४४३ रहेका थिए।

    वालेट प्रयोगकर्ताको संख्या बढेसँगै वालेट मार्फत हुने कारोबार र रकम दुबै बढेको छ। २०८० असोजमा वालेट मार्फत २२ अर्ब ७९ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी र २ करोड २६ लाख २२ हजार १७० पटक कारोबार भएको छ।गत वर्ष २०७९ असोजमा वालेट मार्फत १६ अर्ब ५६ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी र १ करोड ५७ लाख ३ हजार ४२ पटक कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend