२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एभरेष्ट बैंकद्वारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम सञ्चालन


सञ्चार डबली
  • बिहीबार , मंसिर ७ २०८०
  • 9.5K
    SHARES

  • images
    एभरेष्ट बैंकद्वारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम सञ्चालन

    बिहिवार, मंसिर ७ २०८०
    काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम सञ्चालन गरेको छ । बैंकले मायादेवी गाउँपालिका वडा नं. ३ अवस्थित श्री जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमा बैंकको एटिएमको समुद्घाटन गरेको हो । सो एटिएमको समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक श्री दिवस न्यौपानेले संयुक्त रुपमा गरेका हुन् । यो संगै बैंकको एटिएम्को संख्या १६३ पुगेको छ । 

    सो अवसरमा बैंकका प्रमुख कार्याकारी अधिकृत खालिङले उक्त एटिएम् सेवा विस्तार संगै मिल्समा कार्यरत सम्पूर्ण मजदुर र कर्मचारीहरु तथा मायादेवी गाउँपालिका वडा नं. ३ का स्थानिय बासिन्दालाई सो सेवाले थप सहज र सरल हुने कुरा व्यक्त गर्नुभयो भने मिल्सका निर्देशक न्यौपानेले बैंकले आफ्नो प्रङगणमा एटिएम सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै घन्यावाद ज्ञापन गरे । 

    साथै सोही अवसरमा बैंकले उक्त मिल्समा कार्यरत ५० भन्दा बढी मजदुरहरुलाई वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेको छ । बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुईकेल, भैरहवा शाखाका शाखा प्रबन्धक ध्रुव प्रसाद आचार्य र अधिकृत श्री अमित थापाले बचत गर्ने बानी तथा बचतको महत्व सम्बन्धी जानकारी गराएक थिए । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल शाखाका प्रबन्धक नविन पण्डित क्षेत्री र मिल्सका तर्फबाट अंकुर न्यौपानेको समेत उपस्थिति रहेको थियो । 

    पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६३ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # एभरेष्ट बैंक लिमिटेड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend