२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गोरखामा मोटरसाईकल दुर्घटनामा दुईजना गम्भीर घाइते


सञ्चार डबली
  • बुधबार, कात्तिक २९ २०८०
  • 7.7K
    SHARES

  • images
    गोरखामा मोटरसाईकल दुर्घटनामा दुईजना गम्भीर घाइते

    गोरखा, २९ कात्तिक- गोरखामा मोटरसाईकल दुर्घटनामा परी दुईजना गम्भीर घाइते भएका छन् ।

    गोरखा नगरपालिका वडा नम्बर ११ स्थित एघारकिलोमा आँबुखैरेनीबाट गोरखाबजार तर्फ आउदै गरेको ग १ ख ३६८७ नम्बरको बस र विपरित दिशाबाट जादै गरेको बाग्मती प्रदेश ०२–०२९ प २७८० नम्बरको मोटरसाइकल मंगलबार साँझ एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा परेर मोटरसाइकल चालक गोरखाहिद लखन गाउँपालिका–६ घैरुङका ३७ बर्षिय कल्याण श्रेष्ठ र मोटरसाइकलको पछाडी सवार पालुङटार नगरपालिका–९ मिरकोटकी २३ बर्षिया रिता कुमाल गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    घाइते दुवैको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको गोरखा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । मोटर साइकल चालक श्रेष्ठको टाउकोमा गम्भिर चोट लागेको प्रहरीको भनाई छ । अर्का घाइते कुमालको छातीमा गम्भिर चोट देखिएको प्रहरीले जनाएको छ ।

    ठक्कर दिने बसका चालक शहिद लखन गाउँपालिका–३ मनकामनाका ४२ बर्षिय बाघबिर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा अनुसन्धान भई रहेको गोरखा प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend