२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

चिसोका कारण भूकम्प मृत्यु हुनु अत्यन्तै दुर्भाग्यको कुरा हो : झलनाथ खनाल


सञ्चार डबली
  • सोमबार, कात्तिक २७ २०८०
  • 9.9K
    SHARES

  • images
    चिसोका कारण भूकम्प मृत्यु हुनु अत्यन्तै दुर्भाग्यको कुरा हो : झलनाथ खनाल



    काठमाडौं । भूकम्प प्रभावित क्षेत्रका बासिन्दाले अझै राहत पाउन नसकेकोप्रति नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि जनाएका छन् ।सोमबार काठमाडौंमा राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादी केन्द्रीय कमिटीद्धारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो असन्तुष्टि जनाएका हुन् ।

    भूकम्प पीडितलाई सहयोगका लागि एकद्धार नीति बनाएको र विभिन्न संघ संस्था, पार्टीहरुले सहयोग पुर्याइरहेको उल्लेख गर्दै तर पीडितहरुसम्म सहयोग पुगिरहेको छैन भन्ने गुनासा आएको बताए ।

    कतिपय जनताले अझै पनि आवश्यक राहत, उद्धार पाउन नसकेको कुरा सञ्चार माध्यमहरुमा आइरहेको भन्दै उनले चिसोका कारण कतिपयको मृत्यु भएको कुरा साँचो हो भने अत्यन्तै दुर्भाग्यको कुरा भएको उल्लेख गरे ।

    उनले भने, ‘यो कुरालाई सरकारले अत्यन्तै गम्भीरतापूर्वक सोच्नुपर्छ । अहिलेसम्म यत्रो दिन पार हुँदा सरकारले आवश्यक सुविधा दिँदैन । एउटा कम्बल पनि दिन सक्दैन । मानिस जाडोले मर्नुपर्ने स्थिति भयो भने योभन्दा दुर्भाग्य अरु हुन सक्दैन ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend