२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

समाजिक सञ्जाल टिकटक बन्द गरेर सरकार उल्टो कदम हिँड्दै : गगन थापा


सञ्चार डबली
  • सोमबार, कात्तिक २७ २०८०
  • 9.6K
    SHARES

  • images
    समाजिक सञ्जाल टिकटक बन्द गरेर सरकार उल्टो कदम हिँड्दै : गगन थापा


    काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले सरकारको टिकटक बन्द गर्ने निर्णयले अभिव्यक्ति तथा व्यैयक्तिक स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै सरकारले यो कदमलाई किन्तु परन्तु नगरी सच्याउनु पर्ने बताए ।

    उनले भने, ‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर यसको नाममा बन्द गरिनु सरासर गलत हो । यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो । यसमा सरकारको नियत अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्याउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend