२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भूकम्प पीडितलाई तत्काल अस्थायी आवास निर्माण गर्न ५० हजार दिइने


सञ्चार डबली
  • सोमबार, कात्तिक २७ २०८०
  • 7.9K
    SHARES

  • images
    भूकम्प पीडितलाई तत्काल अस्थायी आवास निर्माण गर्न ५० हजार दिइने


    काठमाडौं । जाजरकोट केन्द्रविन्दु भई पश्चिम नेपालमा गएको विनासकारी भूकम्प पीडितका लागि तत्काल अस्थायी आवास निर्माणका लागि दुई किस्तामा ५० हजार रुपैयाँ दिने विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले निर्णय गरेको छ ।

    गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज सिंहदरबारमा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो । ‘विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ को दफा ५ ९१० ९ग० को प्रावधान बमोजिम तथा विपद् पीडित उद्धार र राहत सम्बन्धी ९सातौ संशोधन मापदण्ड, २०७७ को ३ ९च० अनुसार प्रति लाभग्राही परिवारलाई हाललाई २५–२५ हजार रुपैयाँ गरी ५० हजारका दरले दुई किस्तामा दिइने भएको हो ।

    त्यही कार्यविधिबमोजिम अस्थायी आवास निर्माणका लागि राहत रकम उपलब्ध गराउन सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई निर्देशन दिने र उक्त समितिको कोषमा आवश्कता अनुसार रकम विपद् व्यवस्थापन कोषबाट निकासा गरी पठाउने निर्णय बैठकले गरेको छ ।

    यस्तै, बैठकले बझाङ भूकम्प पीडितका लागि पनि अस्थायी आवास निर्माणका लागि ५०–५० हजारका दरले रकम उपलब्ध गराउने यसअघिको निर्णयलाई अनुमोदन गरेको छ ।अस्थायी आवास निर्माण गर्न आवश्यक सामग्री सहज र सुलभ ढङ्गबाट उपलब्ध गराउन निजी क्षेत्रलाई अनुरोध गर्ने, निर्माण प्रपक्रयामा सहयोग पुर्याउन राजनीतिक दल, निजी प्रतिष्ठान, सामाजिक, स्वयंसेवी संघ–संस्था एवं सम्बद्ध सरकारी नियहरुलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । यस्तै, गृहमन्त्री नारायणकाजी श्रेष्ठले पीडितलाई नअल्झाई तत्काल जतिसक्दो चाँडो राहत रकम उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend