२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आज संसदका तीन समितिको बैठक बस्दै


सञ्चार डबली
  • मंगलबार, कात्तिक १४ २०८०
  • 9.5K
    SHARES

  • images
    आज संसदका तीन समितिको बैठक बस्दै


    काठमाडौं । संघीय संसद अन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाका कानून, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

    कानून, न्याय तथा मानव अधिकार समितिमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था र बाल सुधार गृह, भक्तपुरस बाल सुधार गृह, वीरगञ्ज र जयेन्दु बाल सुधार गृह, बाँकेमा भएको घटनाका सम्बन्धमा समितिमा छलफल हुने भएको छ ।

    सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ः०० बजे बस्ने बैठकमा नेपालका कारागारहरूमा रहेका कैदी र थुनुवाहरूको मानव अधिकारको अवस्थासम्बन्धी विषयमा छलफल गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

    यस्तै, प्रतिनिधिको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि दिउँसो १ बजे बोलाइएको छ । बैठकमा माछा, दुध, मल र चिनीको बिक्री बितरणमा रहेका समस्या सम्बन्धमा कृषि तथा पशुपंक्षी विकास, उद्योग, वाणिज्य तथा आपुर्ति, गृह र अर्थ मन्त्रालयसँग छलफल गरिने छ ।
    साथै खाद्य स्वच्छता सम्वन्धी विधेयकको प्रगति विवरण सम्बन्धमा पनि समितिमा छलफल हुने सचिवालयले उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend