२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

तिहार अघि नै भत्किएका सडकको मर्मत सम्भार सक्ने : मन्त्री ज्वाला


सञ्चार डबली
  • सोमबार, कात्तिक १३ २०८०
  • 10.0K
    SHARES

  • images
    तिहार अघि नै भत्किएका सडकको मर्मत सम्भार सक्ने : मन्त्री ज्वाला

     

    काठमाडौं । तिहार अघि नै भत्किएका सडकको मर्मत सम्भार सक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताएका छन् । प्रतिनिधि सभा अन्र्तगतको पूर्वाधार विकास समिति बैठकमा उनले दशैँसम्म ५० प्रतिशत भन्दा बढि सडक मर्मत सम्भारको काम सम्पन्न भएको र तिहारसम्म सम्पूर्ण काम सक्ने बताएका हुन् ।

    ‘दशैँभन्दा अगाडि जुन तयारी गरेका थियौ, कम्तीमा ५० प्रतिशतभन्दा बढिको उपलब्धी हासिल गरेको निष्कर्ष निकालेका छौं । यो मर्मत सम्भारका सन्दर्भमा त्यो काम निरन्तर जारी नै छ ।’ उनले भने ‘अब तिहारसम्म बाँकी ५० प्रतिशत जसरी पनि पूरा गर्नुपर्छ । आजको हाम्रो बैठकको निष्कर्ष भनेको दशैँसम्म हामी ५० प्रतिशत मर्मत सम्भारको काम सकेका छौँ भने बाँकी ५० प्रतिशत भने तिहारसम्म हामीले सक्ने भनेर निर्देशन दिएका छौँ । यसलाई नियमित रुपमा छलफल गरेर अगाडि बढाउँछौ ।’

    यस्तै, दशैँमा भाडालगायतका विषयमा अघिल्लो वर्षमा जस्तो समस्या नदेखिएको उनको दाबी छ । चर्को भाडा असुल्ने, दोहोरो टिकट काट्ने, सिट नदिनेलगायतका यसअघिका गुनासो यस पटक नआएको मन्त्री ज्वालाको भनाई छ ।

    उनले भने, ‘भाडा बढि लिन नपाउँने, दोहोरो टिकट काट्ने, सिट नदिने खालको चर्चा भएका विषयहरु थिए । सबै विषयलाई छलफल गरेर त्यसको पनि समाधान गर्ने प्रयास गरेका थियौ । यसवर्ष १३ लाख मानिसहरु उपत्यका बाहिर गएको छ । यसपटक टिकट विना कोही पनि बाहिर जान नपाउँने व्यवस्थालाई लागू गरेपछि यसपटक पहिलाको जस्तो गुनासो आउँन पाएको छैन् ।

    काठमाडौं उपत्यकामा मात्रै १ हजार ७ सय २४ वटा गुनासोहरुको सुनुवाई भएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयबीच समन्वय गरेर समाधान गर्ने खालको योजना बनेका थिए ।’ त्यस्तै उनले दशैँ केन्द्रित गरेर १६ वटा नागरिक साझा कक्ष स्थापना गरेर समस्या समाधानको कोसिस गरिएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend