२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

संघीय संसदका दुई समितिको बैठक बस्दै


सञ्चार डबली
  • सोमबार, कात्तिक १३ २०८०
  • 10.0K
    SHARES

  • images
    संघीय संसदका दुई समितिको बैठक बस्दै


    काठमाडौं । संघीय संसद अन्र्तगतका दुई समितिको बैठक आज बिहान बस्ने भएको छ । राष्ट्रिय सभा अन्र्तगत, विधायन व्यवस्थापन समिति र प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।

    पूर्वाधार विकास समितिको बैठकमा निर्माणाधिन संघीय संसद भवनको स्थलगत निरीक्षण प्रतिवेदन प्रस्तुत गर्नाका साथै उपसमिति गठन गर्ने लगायतका विविध विषयमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

    यस्तै विधायन व्यवस्थापनको बैठकमा भने समितिले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने कार्यसूची रहेको छ । दुवै बैठक सिंहदरबारस्थित समितिको आ–आफ्नै सभाकक्षमा बस्दैछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend