२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

महासचिव गुटेरेसको नेपाल भ्रमण 'प्रयोजन विहिन' : कमल थापा


सञ्चार डबली
  • आइतबार, कात्तिक १२ २०८०
  • 8.8K
    SHARES

  • images
    महासचिव गुटेरेसको नेपाल भ्रमण 'प्रयोजन विहिन' : कमल थापा


    काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण 'प्रयोजन विहिन' राप्रपा नेपालका अध्यक्ष कमल थापाले भएको बताएका छन ।चार दिने नेपाल भ्रमणको क्रममा गए राती १ बजे नेपाल आएका महासचिव गुटेरेसको भ्रमणलाई अध्यक्ष थापाले ‘प्रयोजन विहिन’ भएको टिप्पणी गरेका हुन । उनले यस भ्रमण आश्चर्यजनकसमेत रहेको जनाएका छन् ।

    ‘अतिथीलाई स्वागत छ तर....’ भन्दै महासचिव गुटरेसले हमास–इजरायल युद्धमा ध्यान नदिएको उनको आरोप रहेको छ । ‘ईजरायल–गाजा युद्धमा प्रत्येक दिन सयौं व्यक्तिहरुले ज्यान गुमाईरहेका छन्, नाकाबन्दीले लाखौंको जीवन कष्टकर भैरहेको छ,’ थापाले भनेका छन्, ‘यस्तो बेला संक्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको ‘प्रयोजन विहिन’ नेपाल भ्रमण आश्चर्यजनक छ।’

    महासचिव गुटेरेसले आज देखी नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्दैछन् ।

    चार दिने नेपाल भ्रमणको क्रममा दुई दिन नाम्चे, पोखरा, अन्नपुर्ण बेस क्याम्प, लुम्बिनी पुग्ने महासचिव गुटेरेसले मंगलबार भने संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend