२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन, आधिकारिकताको दाबी


सञ्चार डबली
  • शनिबार, कात्तिक ११ २०८०
  • 7.5K
    SHARES

  • images
    आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन, आधिकारिकताको दाबी

     

    काठमाडौं ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा नेतृत्वको समूहले आधिकारिकताको दाबी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ । आधिकारिकताको दाबी गर्दै सो समूहले शुक्रबार परराष्ट्र मन्त्रालयमा निवेदन दिएको हो । सो निवेदन परराष्ट्रमा  ११२३ नम्बरमा दर्ता गरिएको छ ।

    गत अक्टोबर १९ मा अनलाइन माध्यमबाट भएको चुनावमा धाँधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो । सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेस गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दाबी गरेको हो । निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदी सहित पदाधिकारीहरुको नामावली पेस गरिएको छ ।

    निर्वाचन मत परिणाम सार्वजनिक हुँदा काठमाडौंबाटै मतदान गरेका उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको शून्य मत आएपछि त्यतिबेला अध्यक्षका अन्य दुई जना उम्मेदवार आरके शर्मा र महेश कुमार श्रेष्ठले मत परिणाम स्वीकार नगर्ने घोषणा गरेका थिए ।

    सुरुमा विवादको छानबिन गर्न सहमति जनाएर एकाएक निर्वाचन समितिका एक सदस्यबाट बद्री केसी लगायतले शपथ लिएपछि ललितपुरको होटेल हिमालयमा बन्दसत्र गरेर आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो ।

    आरके शर्मा समूहले अर्को समूहले धाँधली गरेर मत परिणाम प्रभावित पारेकाले आफूहरुले नमान्ने बताउँदै आएको छ ।आरके समूहले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend