२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

संसदको गरिमालाई जोगाउन सांसदहरुले सामुहिक पहल सुरु गर्नुपर्छ : अग्नी सापकोटा


सञ्चार डबली
  • शनिबार, कात्तिक ११ २०८०
  • 7.7K
    SHARES

  • images
    संसदको गरिमालाई जोगाउन सांसदहरुले सामुहिक पहल सुरु गर्नुपर्छ : अग्नी सापकोटा

     

    काठमाडौं । संसदको गरिमालाई जोगाउन ढिला नगरी सांसदहरुले सामुहिक पहल सुरु गर्नुपर्ने पूर्व सभामुख अग्नी सापकोटाले बताएका छन् । सापकोटाले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउन सभामुखलाई सांसदहरुले सहयोग गर्नुपर्ने बताउँदै सांसदहरुकै सामुहिक पहलबाट संसदीय कार्यलाई गरिमामय बनाउन ढिला गर्न नहुने धारणा व्यक्त गरेका छन्।

    ‘म संसदका दुवै सदनका सदस्यहरुलाई विशेष रुपमा अपिल गर्छु कि उहाँहरुले सामुहिक रुपमै संसदको गरिमा र प्रतिष्ठालाई उठाउन सामुहिक पहल गर्नुहोस्। अब ढिलो नगरिकन संसदलाई जीवन्त र जनमुखी बनाउन सभामुखलाई सहयोग गर्दै सबैले सामुहिक छलफल आजैदेखि थाल्नुपर्छ,’ नेपाल न्यूज बैंकसँगको कुराकानीमा पूर्व सभामुख सापकोटाको भनाई थियो।

    अहिले माओवादी केन्द्रका प्रवक्ताको भूमिकामा रहेका पूर्व सभामुख सापकोटाले संसदीय गतिविधिप्रति आम नागरिकमा छाएको निराशा सांसदहरुले गर्ने राम्रा काम र सामुहिक रुपमा लिने पहलकदमीको थालनी सँगै अन्त्य हुने बताए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend