२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

रास्वपालाई देशको विकास र संमृद्धि चाहने नागरिकको पार्टी बनाउँछौं : डोलप्रसाद अर्याल


सञ्चार डबली
  • शनिबार, कात्तिक ११ २०८०
  • 13.2K
    SHARES

  • images
    रास्वपालाई देशको विकास र संमृद्धि चाहने नागरिकको पार्टी बनाउँछौं : डोलप्रसाद अर्याल

     

    काठमाडौं । रास्वपालाई नेता र कार्यकर्ताको नभएर देशको विकास र संमृद्धि चाहने नागरिकको पार्टी बनाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले प्रवद्धता जनाएका छन् । आज ललितपुरमा आयोजित एक कार्यक्रममा उनले रास्वपाप्रतिको जनविश्वासलाई धर्रमराउन नदिनेमा जोड दिए ।

    उनले भने, ‘रास्वपामा लागेर गुनासो गर्नुपर्ने र गल्ती गरेछु भन्ने त्यो दिन कहिल्यै नआउने गरी रास्वपाको केन्द्रमा बसेर यो संस्थालाई पार्टीमा आवद्ध नेता,कार्यकर्ता र सदस्यहरुको मात्र होइन देशको विकास र संमृद्धि चाहने सम्पूर्ण नेपालीको हो । उहाँहरुले कहिल्यै गुनासो र पार्टीमा लागेर गल्ती गरे भनेर महशुस गर्न नपर्ने पार्टी बनाउने विस्वास तपाइँहरुलाई दिलाउन चाहन्छु ।’

    उनले उपत्यकाको कला संस्कृति जोगाउन रास्वपा सधैं लाग्ने समेत धारणा राखेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरले आफ्नो कला संस्कृतिलाई जोगाएर जीवन्त बनाएको भन्दै उनले रास्वपाले उपत्यकाको संस्कृति जोगाउन सधैं लागिरहने बताए ।

    रास्वपाका सांसदले सदनमा संस्कृति जोगाउन आवाज उठाउँदै आएको भन्दै उनले भने, ‘तपाइँहरुजस्तै काठमाडौं, ललितपुर र भक्तपुरबासीको कला संस्कृति जोगाइराख्ने त्यो प्रेरणा हामीलाई पनि छ । यहाँका संस्कृतिहरुलाई जोगाइराख्न हर प्रयास गरिरहने छौं ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend