२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एभरेष्ट बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश सहित यी प्रस्ताव पारित


सञ्चार डबली
  • मंगलबार, असोज ३० २०८०
  • 10.6K
    SHARES

  • images
    एभरेष्ट बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश सहित यी प्रस्ताव पारित

    एभरेष्ट बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न, यी प्रस्ताव पारित

    काठमाडौं, ३० असोज । एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण–सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९–८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ । 

    साधारण सभाले शेयरधनीहरुलाई आ.ब २०७९–८० का लागि १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

    बैंकले प्रस्तावित बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी वृद्दि हुने भएकोले जारी र चुक्ता पूँजी वृद्दि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ । 

    बैंकको साधारण सभाले आ।ब २०८०–८१ को लागि श्री एन. अमात्य एंड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ । 

  • सम्बन्धित विषय:

  • # एभरेष्ट बैंक लिमिटेड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend