२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आमाको महिमा वर्णन गरिएको 'आमा तिम्रो तस्विर दैलैमा' मा हेमन्त र रमा


सञ्चार डबली
  • शनिबार, असोज २७ २०८०
  • 14.6K
    SHARES

  • images
    आमाको महिमा वर्णन गरिएको 'आमा तिम्रो तस्विर दैलैमा' मा हेमन्त र रमा
     

    काठमाडौं, २७ असोज । आमाको महिमा वर्णन गरिएको 'आमा तिम्रो तस्विर दैलैमा' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा स्वर गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको   रहेको छ भने शब्द तथा संगीत खिमा नन्द खरेलको रहेको छ ।

    गायक हेमन्त कान्छाकै एरेन्ज रहेको गीतमा मिक्सिङ र मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ । भिडियोमा गायक हेमन्त कान्छा , रमा थपलिया र बाल कलाकार इभान चैसीयारको मर्म स्पर्शी अभिनय देख्न सकिन्छ । 

    भिडियोमा आमाको निधन भएपछि एक्लिएको छोराले हरेक सुख दु:खमा सम्झनाका तरेलीमा डुब्दै आमासँग बिताएका ति क्षणहरुलाइ भावनात्मक शैलीमा देखाइएको छ । आमाको   अल्पायुमानै निधन भएपछि छोराले गरेका प्रगतिलाई आमाले देख्न नपाएको कुरालाई मार्मिक तरिकाले उठाइएको छ । जसको निर्देशन हेमन्त कान्छाले गरेका हुन् । भिडियोको सम्पादन पदम सुबेदीले गरेका हुन् भने छायांकन किरण चौसीयारले गरेका हुन् ।

    भिडियो लिंक https://youtu.be/yjC_EsMRANE

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend