२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एभरेष्ट बैङ्ककको वित्तिय अगुवाइमा कजरिया टायल्सले टायल्स तथा सेरामिक्स उत्पादन गर्ने


सञ्चार डबली
  • बिहीबार , असोज १८ २०८०
  • 11.7K
    SHARES

  • images
    एभरेष्ट बैङ्ककको वित्तिय अगुवाइमा कजरिया टायल्सले टायल्स तथा सेरामिक्स उत्पादन गर्ने

    बिहिवार, आश्विन १८ २०८०
    काठमाडौँ - एभरेष्ट बैङ्क लिमिटेडको अगुवाईमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सहवित्तियकरणअन्तर्गत सहभागी बैङ्कहरूबिच वित्तिय सहजिकरण गर्ने कार्य सम्पन्न भएको छ । अगुवा बैङ्कको तर्फबाट एभरेष्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश क्रपका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताद्घारा एक विशेष समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

    सो कार्यक्रममा सह–वित्तियकरणका अन्य सदस्य बैङ्कहरू नबिल बैङ्क, नेपाल एसबिआइ बैङ्क र प्रभु बैङ्कका उच्च पदस्थ अधिकारीहरू समेतको गरिमामय उपस्थिति थियो । नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत ४०० करोड रुपैयाँमध्ये सह–वित्तियकरण अन्तर्गत ३०० करोड रुपैयाँ लगानी रहनेछ । 

    विश्वको ७ औँ ठूलो टायल्स उत्पादन कम्पनी कजारिया सेरामिक्स भारतको संयुक्त लगानी रहेको कजरिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक उपकरणहरू प्रयोग गरी गुणस्तिरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादनहरू अन्तराष्ट्रिय मापदण्ड बमोजिम गुणस्तिरीय हुने जनाएको छ । मार्च २०२४ बाट शुरूवात हुने उक्त परियोजनाले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिईएको छ ।  

    स्थापना काल देखिनै ग्राहकहरूको पहिलो रोजाइको यस बैङ्कमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैङ्किङ सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैङ्कले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # एभरेष्ट बैंक लिमिटेड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend