२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सोनापुर मिनरल्सको आईपीओमा पहिलो दिन मै ओइरिए आवेदक,२४.२६ लाख कित्ताको लागि आवेदन


सञ्चार डबली
  • सोमबार, असोज १५ २०८०
  • 7.8K
    SHARES

  • images
    सोनापुर मिनरल्सको आईपीओमा पहिलो दिन मै ओइरिए आवेदक,२४.२६ लाख कित्ताको लागि आवेदन

    सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको हिजो देखि खुला गरिएको आईपीओमा पहिलो दिनमा २४ लाख २६ हजार ९० कित्ताको लागि आवेदन परेको छ। सिडिएसका अनुसार हिजो (आइतबार) साँझ ०५:०७ बजेसम्ममा उक्त आवेदन परेको जानकारी दिएको हो।  पहिलो दिन २ लाख ५ हजार ९५० जना आवेदकबाट उक्त आवेदन परेको हो। 

    पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन बिक्री तथा बाँडफाँट सम्पन्न गरे संगै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले अब सर्वसाधारणका लागि आईपीओ निष्काशन आज अर्थात असोज १४ गतेदेखि आईपीओ निष्काशन गरेको हो। 

    सोनापुर मिनरल्सले आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
     

    प्रिमियम सहितको आईपीओ

    पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दालाई लागि अंकित मूल्य १०० मा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रति सेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्काशन गरिएको थियो । यसमध्ये स्थानीयले  १ लाख ३४ हजार ५२० कित्ताका लागि मात्र आवेदन दिए। 

    तेस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको १० प्रतिशतले १२ लाख १६ हजार ५६८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा निष्काशन गरि बाँडफाँट भैसकेको छ। 

    तेस्तै सामूहिक लगानी कोषका लाई ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरिसकेको छ।

    अब दोस्रो चरणमा कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्काशन गरिएको हो।

    यो पनि पढ्नुहोस : सर्वसाधारणलाई सोनापुर मिनरल्सको आईपीओ यस कारण आकर्षक

    आईपीओ सम्बन्धि थप जानकारी 

    कति दिने आवेदन ?

    न्यूनतम -१० कित्ता
    अधिकतम- १५ लाख कित्ता

    कहिले सम्म दिने आवेदन ?

    निष्काशन बन्द छिटोमा असोज १७ गते हुनेछ भने ढिलोमा असोज २८ गते हुनेछ।

    को हो बिक्री प्रबन्धक ?

    आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

    कहाँबाट दिने आवेदन ?

    नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

    रेटिङ्ग 
    आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend