२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सर्वसाधारणलाई सोनापुर मिनरल्सको आईपीओ यस कारण आकर्षक


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 11.3K
    SHARES

  • images
    सर्वसाधारणलाई सोनापुर मिनरल्सको आईपीओ यस कारण आकर्षक

    अबको आइतबार अर्थात असोज १४ गते देखि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ सर्वसाधरणलाई निष्काशन हुदैँछ। आइतबारबाट सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्काशन खुलाउने कम्पनीले एक सुचना मार्फत जानकारी गराइसकेको छ। 

    पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन बिक्री तथा बाँडफाँट सम्पन्न गरे संगै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशनको मिति तोकेको थियो। 

    लक इन अवधिका कारण स्थानीयले रुचि देखाएनन,लक इन नहुँदाविदेशमा रोजगारहरुको माग भन्दा धेरै आवेदन 

    पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दालाई लागि अंकित मूल्य १०० मा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रति सेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्काशन गरिएको थियो । यसमध्ये स्थानीयले  १ लाख ३४ हजार ५२० कित्ताका लागि मात्र आवेदन दिए। स्थानीयले  रुची नदेखाएको प्रमुख कारण नै दोस्रो बजारमा ३ वर्षको लामो समय लक इन अवधि रहेको छ। आर्थिक मन्दी तथा लामो समय पैसा होल्ड हुने देखेर स्थानीयले आईपीओमा आवेदन नै दिएनन्। 

    उक्त सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको १० प्रतिशतले १२ लाख १६ हजार ५६८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि भने माग भन्दा धेरै १६,९३,३५० कित्ताको परेको आवेदनलाई निष्काशन गरि बाँडफाँट भैसकेको छ। विदेशमा रोजगार गरी रहेका नेपालीहरुका अंकित मूल्य १०० मा  १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा बिक्री गरिएको थियो। 

    दोस्रो बजारमा सिमेन्ट कम्पनीको आकर्षक कारोबार 

    प्रिमियम सहित सर्वसाधारणलाई आईपीओ निकाल्ने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड तेस्रो कम्पनी हो। यस अघि शिवम सिमेन्ट प्रति कित्ता सेयर ३ सय रुपैयाँका दरले २०७५ मा र यहिँ वर्ष मात्रै घोराही सिमेन्टले ४३५ रुपैयाँ आईपीओ निष्काशन गरेर दोस्रो बजारमा कारोबारमा भइरहेको छ। असोज १० गते शिवम सिमेन्टको दोस्रो बजारमा अन्तिम कारोबार मूल्य ५४७ रुपैयाँमा कारोबार भयो।  तेस्तै घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको दोस्रो बजारमा अन्तिम कारोबार मूल्य ४७५ रुपैयाँ २० पैसामा कारोबार भयो। दोस्रो बजारमा आकर्षक कारोबार भएको कारण अब आउदै गरेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड सर्वसाधारणलाई आकर्षक हुनसक्छ। सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सर्वसाधारणलाई प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा  लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्काशन गर्न लागेको छ।

    उच्च गुणस्तरको मानिएको चुनढुङ्गाको प्रयोग 

    सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड नेपाल गुणस्तर तथा नापतौल विभागबाट ४३ ग्रेड को ओ. पि.सी. सिमेन्ट उत्पादन तथा बिक्री वितरणको इजाजतपत्र प्राप्त गरेको कम्पनी हो। कम्पनीले अहिले आफ्नो उद्योगमा केहि मेशिनरी जडान गर्दै रहेको उक्त केहि मेशिनरी जडान पश्चात् अत्याधुनिक VRM प्रविधिको प्रयोग गरी क्लिङ्कर उत्पादन गरिने आफ्नो विवरण पत्रमा खुलाएको छ। अहिले विश्वस्तरीय HRP प्रविधिवाट सिमेन्टको उत्पादन गरिरहेको छ।  सोनापुरले प्रयोग गर्ने चुनढुङ्गा उच्च गुणस्तरको मानिएको छ। चुनढुङ्गाको गुणस्तर परिक्षणको लागि स्वचालित ED-XRF Machinery उद्योग मै जडित कम्पनीले बताएको छ। कम्पनीले  वातावरणीय वायु प्रदुषण नियन्त्रणका लागि व्याग फिल्टर, ब्याग हाउस र Electrostatic Precipitator (ESP) जस्तो आधुनिक संयन्त्रहरुलाई प्रयोगमा ल्याएको कम्पनीले बताएको छ। विद्युतको लोडसेडिङ्ग भएमा उद्योगसँग १५०० के.भी.ए का ५ सेट जेनेरेटर गरी जेनेरेटर द्वारा कुल ७५०० के.भी. ए. विद्युत उत्पादन गर्ने क्षमताको वैकल्पिक व्यवस्था रहेको छ। 

    आईपीओको बारेमा 

    असोज १४ गते देखि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ सर्वसाधरणलाई छिटोमा असोज १७ गते बन्द हुनेछ भने उक्त समयमा माग अनुसार आवेदन नपरेमा ढिलोमा असोज २८ गते सम्म खुलाउन सक्नेछ। इच्छुक लगानीकर्ताले न्यूनतम -१० कित्ता र अधिकतम- १५ लाख कित्ता सम्म आवेदन दिन सक्नेछन। आईपीओको  निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend