२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल र चीनबीच केरुङ–चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा सहमति


सञ्चार डबली
  • मंगलबार, असोज ९ २०८०
  • 8.6K
    SHARES

  • images
    नेपाल र चीनबीच केरुङ–चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा सहमति


    काठमाडौं, ९ असोज । नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ । आज बिहान संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण छिटो सुरु गर्ने सहमति भएको जानकारी दिइएको हो ।

    संयुक्त वक्तव्यमा लेखिएको छ, ‘जिलोङ÷केरुङ–रसुवागढी–चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गरिने छ ।’प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच सोमबार बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको थियो ।

    संयुक्त व्यक्तव्यमा ऊर्जा क्षेत्रमा विशेष गरी जलविद्युत, सीमापार प्रसारण लाइन र सम्बद्ध सबस्टेसनको विकासमा सहयोगलाई थप प्रवर्द्धन गर्दै केरुङ–रसुवागढी–चिलिमे प्रसारण लाइन बनाउने सहमति भएको उल्लेख छ । यसमा लगानीको विषयबारे भने केही उल्लेख गरिएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend