२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एभरेष्ट बैंकको बार्षिक साधारण सभा असोज ३० गते, २०.५३ प्रतिशत लाभांश पारित गर्ने


सञ्चार डबली
  • सोमबार, असोज ८ २०८०
  • 16.5K
    SHARES

  • images
    एभरेष्ट बैंकको बार्षिक साधारण सभा असोज ३० गते, २०.५३ प्रतिशत लाभांश पारित गर्ने

    सोमवार, आश्विन ८ २०८०
    काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडले २९ औं बार्षिक साधारणसभा असोज ३० गते बोलाएको छ । बैंकको असोज ७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति र स्थान तय गरेको हो । सभा काठमाडौँको लैनचौर स्थित लैनचौर ब्यान्क्वेटमा बिहान ११ बजे शुरु हुने बैंकले जनाएको छ ।

    बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट २०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १० प्रतिशत र कर सहित १०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनीको सभाले यो प्रस्ताव पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

    सभाले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको एकीकृत वासलात, नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक बैठक भत्ता वृद्धि गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने, आथिृक वर्ष २०८०/०८१ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

    सभा प्रयोजनका लागि असोज १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जसअनुसार असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् ।

  • सम्बन्धित विषय:

  • # एभरेष्ट बैंक लिमिटेड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend