२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनएमबि  बैङ्कको डिजी स्टेशन सञ्चालनमा


सञ्चार डबली
  • मंगलबार, असोज २ २०८०
  • 11.7K
    SHARES

  • images
    एनएमबि  बैङ्कको डिजी स्टेशन सञ्चालनमा

    मंगलवार, आश्विन २ २०८०
    काठमाडौँ - एनएमबि  बैङ्कले डिजिटल बैङ्किङ प्रवर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक ‘डिजि स्टेशन’को सुरुवात गरेको छ । ग्राहकहरूलाई सहज र सुविधाजनक बैङ्किङ अनुभव प्रदान गर्न बैङ्कले ‘डिजि स्टेशन’ सञ्चालनमा ल्याएको हो । यो यस्तो स्टेशन हो जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्वचालित प्रणालीमा मानविय सहायता बिना गर्न सकिनेछ ।

    ‘डिजि स्टेशन’को सुरुवातले ग्राहकहरुलाई बैङ्कले प्रदान गर्ने बैङ्किङ सेवा, सुविधामा बृद्धि हुने विश्वास  बैङ्कले लिएको छ । एनएमबि बैङ्क आफ्ना ग्राहकहरूको परिवर्तनशील बैंकिङ आवश्यकताहरू पूरा गर्न निरन्तर रूपमा लागिरहेको छ आधुनिक प्रविधिक बैंकिङ सुविधाहरू विकास गर्दै उत्कृष्ट सेवा प्रदान गर्न समर्पित छ ।

    बैङ्कले प्रथम चरणको  डिजि स्टेशनको सुरुवात एनएमबि भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरि सञ्चालन गरिएको छ। क्यास डिपोजिट मेसिनमा ग्राहकले १ लाख रुपैयाँ भन्दा कम रकम  बैङ्कको काउन्टर नपुगी आफै खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोही मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ। 

    साथै, चेक डिपोजिट मेसिनमा ग्राहक वर्गले चेक स्टप देखि नया चेकको आवेदन र क्लियारिंग चेक समेत डिपोजिट गर्ने सुविधा रेहको छ । आफ्नो खाताको विवरण र अन्य जानकारी प्राप्त गर्न सकिने सुविधाका साथ डिजि स्टेशनमा ब्त्ः मेसिनको सुविधा हुदा ग्राहक वर्गका अधिकांश बैङ्किङ अवश्यकताहरू स्वचिलत ढङ्गले छिटो छरितो माध्यम बाट हुने सुविधा एनएमबि  बैङ्कले ल्याएको छ।

    एनएमबि  बैङ्कले हाल देशभरी २०१ शाखाहरू, १४५ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend