२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

१६.२६ अंकले बढ्यो सेयर बजार


सञ्चार डबली
  • मंगलबार, असोज २ २०८०
  • 9.4K
    SHARES

  • images
    १६.२६ अंकले बढ्यो सेयर बजार

     

    काठमाडौ, २ असोज । सेयर बजारमा सुधार देखिएको छ । आज नेप्से सूचक १६.२६ अंकले बढेर १९८५.४३ विन्दुमा आएको छ । १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    ७ वटा कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ । होटेल र ट्रेडिङ बाहेक बाँकी सबै समुह बढेका छन् । हाइड्रोपावर समूहमा सबैभन्दा बढी तेजी आएको छ । यो समूह ३.२१ प्रतिशतले बढेको हो ।

    नेप्से सूचकसहित अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । बजार निकै तल्लो विन्दुमा आउँदा सेयर मूल्य सस्तो भएको छ । यही बेला लाभांशको सिजन पनि सुरु भएको छ । सस्तो मूल्यमा लाभांशसमेत हात पार्न सकिने भएकाले लगानीकर्ताले सुस्त गतिमा भए पनि सेयर खरिद गर्दै जाने अनुमान गरिएको छ ।

    यस दिन २७२ कम्पनीको ४३ लाख ३६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १० करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा रिलायबल नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ओरियन्टल्स होटेल्स र एनआइसी एसिया बैंक परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend