२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

लगातार बढ्दै सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?


सञ्चार डबली
  • मंगलबार, असोज २ २०८०
  • 9.5K
    SHARES

  • images
    लगातार बढ्दै सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

     

    काठमाडौ, २ असोज । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको जनाएको छ । महासंघले मंगलबारको मूल्यसूची तय गर्दै सोमबारको तुलनामा ५०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो ।

    यससँगै, मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो ।

    महासंघका अनुसार मंगलबारसम्म सुनको मूल्य निरन्तर ३ दिन उकालो लागेको हो । यसअघि सोमबार तोलामा २०० रुपैयाँ र आइतबार तोलामा ५०० रुपैयाँले सुनको मूल्य बढेको थियो । यससँगै, पछिल्लो तीन दिनमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ ।

    यसबाहेक, मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तोलामा ५ रुपैयाँले बढेसँगै मंगलबार उक्त मूल्यमा चाँदीको कारोबार भएको हो । सोमबार चाँदीको कारोबार मूल्य १४ सय ५ रुपैयाँ कायम छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend