२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट, १० जनाले पाए २१ कित्ता सेयर


सञ्चार डबली
  • मंगलबार, असोज २ २०८०
  • 7.8K
    SHARES

  • images
    हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट, १० जनाले पाए २१ कित्ता सेयर

     

    काठमाडौ, २ असोज । हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ आज बाँडफाँट गरेको छ । यसमा गोलाप्रथामार्फत १ लाख २१ हजार ३८७ जना सर्वसाधारण आवेदकहरुले २० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँट गरेपछि बाँकी रहेको १० कित्ता सेयर भने २० कित्ताभन्दा बढी आवेदन दिएकामध्ये १० जनालाई १ कित्ताका दरले थप गरिएको छ ।

    यसआधारमा, १० जनाले २१ कित्ता र १ लाख २१ हजार ३७७ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा कुल १२ लाख ७० हजार ९९१ जनाले आवेदन दिएकामा १ लाख २१ हजार ३८७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ ।

    योग्य १२ लाख ६७ हजार हजार ७०९ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यस कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि २४ लाख २७ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले आइपीओ बिक्री गरेको थियो ।

    लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । साथै, हाथवे इन्भेष्टमेन्टको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend