२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सबै राजनीतिक दलहरु मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्छ : प्रकाशमान सिंह


सञ्चार डबली
  • मंगलबार, असोज २ २०८०
  • 8.6K
    SHARES

  • images
    सबै राजनीतिक दलहरु मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्छ : प्रकाशमान सिंह

     

    काठमाडौ, २ असोज । सरकारले जनताको अधिकार सुनिश्चितताको लागि काम गर्नु पर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको भनाई छ । आज गणेशमान सिंहको २६औं स्मृति दिवसको अवसरमा उनले सरकार र दलहरु मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्ने बताएका हुन् ।

    नेता सिंहले भने, ‘जनताको अधिकार सुनिश्चित हुनुपर्छ । र जनताको दैनिकी जीवन सहज हुनुपर्छ । जिविकोपार्जनको लागि सहज हुनुपर्यो यो सरकारले र दलहरुले यस्ता कार्यमा जोड दिनु पर्छ । ’

    गणेशमान सिंहले जस्तै सुशासनको बारेमा र जनतालाई केन्द्रबिन्दुमा राखेर कार्यक्रमहरू अगाडि लानु पर्ने उनको भनाई छ । उनले विधिको शासन हुनुपर्छ भन्ने कुरालाई गणेशमान सिंहले निकै नै जोड दिएको उल्लेख गरेका छन् । नेता सिंहले अवसर नपाएका वर्गलाई समावेश गरेर अगाडि लानु पर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend