२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नबिल बैंकको २६५ औँ शाखा सोलुखुम्बुको नाम्चेमा


सञ्चार डबली
  • आइतबार, भदौ ३१ २०८०
  • 12.6K
    SHARES

  • images
    नबिल बैंकको २६५ औँ शाखा सोलुखुम्बुको नाम्चेमा

    २०८० भदौ ३१ गते 

    सोलुखुम्बु । नबिल बैंकले २६५ औँ शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा विस्तार गरी सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरेको हो ।

    नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल तथा प्रमुख अतिथि पूर्व वडा अध्यक्ष छिरिङ फेन्जो शेर्पाले संयुक्त रुपमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको उपस्थितीमा शाखा उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा अध्यक्ष पौड्यालले नाम्चेमा नबिलको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय नबिल बैंकको रहेको बताए ।

    ‘नबिल बैंकले समुदायसँग मिलेर काम गर्नमा विश्वास राखेको छ र नाम्चेमा शाखा खोल्नु हाम्रो लागि खुशीको क्षण हो,’ उनले भने । प्रमुख अतिथि शेर्पाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुशी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए ।

    नबिल बैंकका सिईओ ढुंगानाले नाम्चे क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए । ‘हामी यस क्षेत्रको आर्थिक आवश्यकता पूरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि हाम्रो प्रयास रहनेछ,’ ढुंगानाले भने । उद्घाटन समारोहमा वडा सदस्य न्वाङ शेर्पा, सिमा प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवा, प्रहरी निरीक्षक कविन राई लगायत स्थानीय प्रतिनिधिका साथै नबिल बैंकका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

    नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकको देशभर २६५ शाखा सञ्जालसहित ३०६ एटिएम मेसिनबाट सेवा दिएको छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend