२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सेयर बजार ४२.१४ अंकले घट्यो


सञ्चार डबली
  • आइतबार, भदौ ३१ २०८०
  • 8.3K
    SHARES

  • images
    सेयर बजार  ४२.१४ अंकले घट्यो

    काठमाडौँ — वाणिज्य बैंकहरुले निक्षेपमा ब्याजदर बढाएसँगै सेयर बजारमा भारी गिरावट आएको छ । वाणिज्य बैंकहरुले असोजका लागि सार्वजनिक गरेको ब्याजदर बढेपछि आइतबार बजारमा असर परेको हो ।

    परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ४२.१४ अंक घटेर १९६४ अंकमा कायम भएको छ ।

    कारोबार भने २ अर्ब २ करोड रुपैयाँ बराबर पुगेको छ । कुल ११ कम्पनीको मूल्य बढ्दा २१३ को घटेको छ भने ३ को स्थिर रहृयो । सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ १८, विकास बैंक ९८, फाइनान्स ५७, होटल तथा पर्यटन १८५, जलविद्युत् ५६, जीवन बीमा ३२७, उत्पादन ८४, माइक्रोफाइनान्स ६७, निर्जीवन बीमा २७७, अन्य २९ र ब्यापार उपसमूह १०३ अंक घटे ।

    शुभम पावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो भने थ्रीस्टार हाइड्रोको ७.८ प्रतिशत बढ्यो । मोलुङ हाइड्रोपावरको मूल्य ९.२, मेन्छियामको ८.४ र भूगोल इनर्जीको मूल्य ८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, एभरेस्ट बैंक, शिवम् सिमेन्ट र आईएमई लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

    असोज महिनाका लागि वाणिज्य बैंकहरुले नै व्यक्तिगत मुद्दती खातामा ११ प्रतिशतभन्दा धेरै ब्याजदर दिनेगरी सार्वजनिक सूचना जारी गरेका छन् । भदौ महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १०. ८९ प्रतिशत रहेकोमा असोजमा ११. ३५ प्रतिशतसम्म पुगेको छ । यसले गर्दा आइतबारको बजारमा असर परेको जानकार बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend