२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

हकप्रद सेयर जारी गर्दै राप्ती हाइड्रो, क–कसले दिन पाउछन् आवेदन ?


सञ्चार डबली
  • आइतबार, भदौ ३१ २०८०
  • 11.6K
    SHARES

  • images
    हकप्रद सेयर जारी गर्दै राप्ती हाइड्रो, क–कसले दिन पाउछन् आवेदन ?

     

    काठमाडौ, ३१ भदौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

    जसअनुसार कम्पनीले १ः१ अनुपातमा हकप्रद चुक्तापुँजीको सतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ। 
कम्पनीले १०० अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।

    सञ्चालक समितिको निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पठाइने पनि कम्पनीले जनाएको छ। आयोगबाट स्वीकृति प्राप्त भएपछि हकप्रद सेयर जारी गर्ने अजेन्डा आगामी साधारणसभामा पेस गरी अनुमोदन गरिने कम्पनीले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend