२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

वाणिज्य बैंकहरुले असोजका लागि सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ?


सञ्चार डबली
  • आइतबार, भदौ ३१ २०८०
  • 11.5K
    SHARES

  • images
    वाणिज्य बैंकहरुले असोजका लागि सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ?


    काठमाडौ, ३१ भदौ । असोज महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार केही बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भदौको तुलनामा बढेको छ भने केहीको घटेको छ । कतिपय बैंकले भने भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

    वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन् । दुई महिनाको अवधिमा अधिकांश बैंकहरुको ब्याजदर बढेको छ ।

    बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार वाणिज्य बैंकहरुले असोजका लागि नयाँ ब्याजदर निर्धारण गरेको छन् ।

    हालसम्म असोजका लागि १९ वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदरअनुसार व्यक्तिगत मुदद्दति निक्षेपमा ८ वाणिज्य बैंकले अघिल्लो महिनाको तुलना ब्याजदर घटेका छ ।

    यता, ७ बैंकको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढेको छ । ४ वटा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सबैभन्दा धेरै ब्याजदर बढाउनेमा हिमालयन बैंक रहेको छ । हिमालयन बैंकको ब्याजदर भदौको तुलनामा असोजमा १.०६प्रतिशतले बढेर ११.०५ प्रतिशत पुगेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर प्रइम कमर्सियल बैंकले दिने भएको छ । यस बैंकले ११.३६ प्रतिशत ब्याजदर दिने जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend