२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सुनचाँदीको मूल्यामा सामान्य वृद्धि


सञ्चार डबली
  • आइतबार, भदौ ३१ २०८०
  • 9.8K
    SHARES

  • images
    सुनचाँदीको मूल्यामा सामान्य वृद्धि

     

    काठमाडौ, ३१ भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको जनाएको छ । महासंघले आइतबारको मूल्यसूची तय गर्दै सुन तोलामा ५०० र चाँदी तोलामा ५ रुपैयाँले बढेको जनाएको छ ।

    महासंघकाअनुसार सुन तोलामा ५०० रुपैयाँले बढेसँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ तोकिएको छ ।

    गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

    सुनको मूल्य बढेको दिन आइतबार चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रवार तोलामा १३ सय ९५ रुपैयाँ कायम थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend