२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजबाट पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध


सञ्चार डबली
  • आइतबार, भदौ ३१ २०८०
  • 10.6K
    SHARES

  • images
    आजबाट पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध

     


    काठमाडौं, ३१ भदौ । आजदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ ।  हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा पशुपति क्षेत्रभित्र सुरक्षा, धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त आदेश जारी गरेको हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा आजबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको उल्लेख गरिएको छ ।

    आजदेखि मांसु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) र (ख) अनुसार पूर्ण रुपमा रोक लगाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend