२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

धितो बजारमा नीति नियमले मात्र चाहेको प्रगति हुँदैन : अध्यक्ष हमाल


सञ्चार डबली
  • शनिबार, भदौ ३० २०८०
  • 8.5K
    SHARES

  • images
    धितो बजारमा नीति नियमले मात्र चाहेको प्रगति हुँदैन : अध्यक्ष हमाल

    काठमाडौं ३० भदौ । नीति नियमले मात्रै धितो बजारमा चाहेको प्रगति नहुने नेपाल धितो पत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बताएका छन् ।

    शुक्रबार नेपाल आर्थिक पत्रकार संघले, आयोजना गरेको ‘आर्थिक मन्दीमा पुँजीबजारः सम्भावना र चुनौती’ छलफल कार्यक्रममा उनले समाजमा श्वास लिने तरिकामा प्रोफेस्नालिजम नहुने भन्दै उनले नीति नियमले मात्रै चाहेको प्रगति नहुने बताए।

    त्यस्तै उनले, नेपालको पुँजी बजारको इतिहासमै पहिलो पटक बुक बिल्डिङले ब्रेक थ्रु गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘अहिले प्रिमियम र बुक बिल्डिङको भर्सेस भन्ने कुरा आयो वास्तवमा त्यो पनि होइन ।

    जब समाजमा श्वास लिने तरिकामा प्रोफेसनालिजम हुँदैन । नीति नियमले मात्र हामीले चाहेको प्रगति पुरा हुन सक्दैन । त्यसैले हामीले पहिला एप्लीबेसनमा जोड दिनु पर्छ ।दुबै प्रणालीका आफ्नै विशेषता छन् । अहिले हाम्रो बुक बिल्डिङ प्राथमिकता हो । अब फाइनल स्टेजमा छ । अब पहिलो पटक नेपालको क्यापिटल मार्केटको इतिहासमा बुक बिल्डिङले ब्रेक थ्रो पाउँछ ।’ त्यस्तै बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले सेयर बजार घट्नु बढ्नु सामान्य भएको भन्दै कम्पनीहरू खत्तम नै भएको कहीँ कतै नसुनिएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend