२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको फलफूल तथा हरियो तरकारीको मूल्य


सञ्चार डबली
  • शनिबार, भदौ ३० २०८०
  • 16.7K
    SHARES

  • images
    आजको फलफूल तथा हरियो तरकारीको मूल्य


    काठमाडौं ३० भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेँडा सानो प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ५०, काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४६, भारतीय सुकेको प्याज ६४ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।

    बजारमा आज गाजर प्रतिकेजी १३०, मूला सेतो लोकल ९०, घिउ सिमी लोकल ६०, भन्टा लाम्चो ४०, मकै बोडी ८०, भटमासकोशा १००, तितो करेला ८०, लौका ३०, परवल लोकल ४०, हरियो फर्सी ४०, घिरौंला ४० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।

    त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३४०, कन्य च्याउ १८०, कुरीलो ४५०, ब्रोकाउली ३००, भिण्डी ३०, रायो साग ९०, तोरीको साग ५०, हरियो प्याज १५०, काँक्रो लोकल १२० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको समितिले जनाएको छ । फफूलमा आज केरा दर्जनको १५०, फूजी स्याउ ३२०, अनार ३५०, अंगुर कालो ४५०, तरबुजा ५०, मौसम १५०, लोकल नासपाती ८०, भारतीय मेवा १००, आभोकाडो २०० र अम्बा १०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend