२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

यसपटक लाभांश वितरण गर्ने नसक्ने बैंकहरु कुन-कुन हुन् ?


सञ्चार डबली
  • शुक्रबार, भदौ २९ २०८०
  • 10.1K
    SHARES

  • images
    यसपटक लाभांश वितरण गर्ने नसक्ने बैंकहरु कुन-कुन हुन् ?

    काठमाडौं । गत आर्थिक वर्षबाट पाँच वाणिज्य बैंक लाभांश वितरण गर्न नसक्ने अवस्थामा देखिएका छन्।

    क्यापिटल एडिक्वेसी रेसियो (सीएआर) ८.५ प्रतिशत कायम गर्न नसक्दा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने गरेको छ । यस्ता बैंकहरुले पनि लाभांश घोषणा गर्न पाँउदैनन् ।

    हिमालयन बैंक र कुमारी बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेकाले यी दुवैले लाभांश वितरण गर्न सक्दैनन्।

    यस्तै प्रभु बैंक, प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको वितरणयोग्य नाफा अत्यन्तै न्यून रहेकाले यी बैंकले लाभांश बाँड्ने सम्भावना न्यून छ।

    हिमालयन बैंकको लाभांश वितरण क्षमता ५.४९ प्रतिशतले ऋणात्मक छ भने कुमारी बैंकको ३.२४ प्रतिशतले ऋणात्मक छ। नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको ०.४६ प्रतिशत, प्रभु बैंकको ०.६९ प्रतिशत, प्राइम बैंकको १.०६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend