२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामलाई बजेट नै चाहिँदैन : मेयर बालेन


सञ्चार डबली
  • बिहीबार , भदौ २८ २०८०
  • 8.3K
    SHARES

  • images
    यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामलाई बजेट नै चाहिँदैन : मेयर बालेन


    काठमाडौ, २८ भदौ । संघीय राजधानीको सहरी क्षेत्रमा सार्वजनिक यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट नचाहिने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् ।

    आज काठमाडौंमा आयोजित संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को प्रथम परिषद् बैठकमा उनले प्रतिनीधिहरूको सरसल्लाह र सहकार्यबाट धेरै काम गर्न सकिने बताए ।

    उनले भने, ‘प्राधिकरणले गर्ने ९० प्रतिशत कामलाई बजेट नै चाहिँदैन । हामी प्रतिनीधिहरूले नै सल्लाह र सहकार्य गरेर गर्न सक्छौं । बजेटको सन्दर्भमा पनि यो प्राधिरकण नभएर धेरै वटा प्रोजेक्टहरू आएका छन्, जसलाई हामीले लिन सकिरहेका छैनौं ।’

    उनले प्राविधिक रूपमा के के गर्न सकिन्छ भन्ने कुरा आगामी बैठकमा ल्याउने गरी प्रस्ताव पेश गरेका छन् । मेयर शाहले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्ले लिएको नीतिहरूलाई सरकारले बिकेन्द्रिकृत गर्न खोजेको तर त्यो सबै पालिकाले गर्न सक्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend