२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 लाभांश वितरण गर्ने एभरेष्ट बैंकद्वारा घोषणा


सञ्चार डबली
  • बिहीबार , भदौ २८ २०८०
  • 10.0K
    SHARES

  • images
     लाभांश वितरण गर्ने एभरेष्ट बैंकद्वारा घोषणा
     

    काठमाडौ, २८ भदौ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरुलाई कुल २०.५३% लाभांश घोषणा गरेको छ ।

    बैंकको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र यसमा लाग्ने करसहित १०.५३% नगद गरी कुल २०.५३% लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एभरेष्टको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भए पछि सेयरधनीहरुलाई वितरण हुनेछ । एभरेष्ट बैंकले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने १३% बोनस सेयर र करसहित ७.६८% नगद गरी कुल २०.६८% लाभांश वितरण गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend