२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

हुन्डाई ‘एक्सटर’ सार्वजनिक, बुकिङ खुला हुने


सञ्चार डबली
  • बिहीबार , भदौ २८ २०८०
  • 9.3K
    SHARES

  • images
    हुन्डाई ‘एक्सटर’ सार्वजनिक, बुकिङ खुला हुने


    काठमाडौ, २८ भदौ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नाडा अटो शोमा एसएक्स भेरिएन्ट एक्सटर एसयुभी सार्वजनिक गरेको छ । हुन्डाई एक्सटर ५ सिटयुक्त एसयुभी हो । यो कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयुभी हो ।

    एक्सटर ई, एस, एसएक्स र एसएक्स ९०० गरी चार भेरिएन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । एक्सटरमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्क्रिन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्विल र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ ।

    त्यसैगरी क्रुज कन्ट्रोल, ६ एयरब्याग, इलेक्ट्रिक सनरुफ, टायर प्रेसर मनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्रीलगायत फिचर यसमा छन् । बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचुरल्ली एस्पिरेटेड इन्जिन, अलोय ह्विल, फ्युचरिस्टिक डिजाइन, एच आकारमा आकर्षक डिआरएल दिइएको छ ।१८५ एमएम ग्राउन्ड क्लियरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ । कम्पनीले यसलाई ६ कलर अप्सनमा ल्याउनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend