२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

७ वटा कम्पनीबाट चिनियाँले ३०२ किलो सुन तस्करी गरेको सीआइबीको निष्कर्ष


सञ्चार डबली
  • बिहीबार , भदौ २८ २०८०
  • 8.1K
    SHARES

  • images
    ७ वटा कम्पनीबाट चिनियाँले ३०२ किलो सुन तस्करी गरेको सीआइबीको निष्कर्ष

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले सुन तस्करीका लागि ७ कम्पनी खडा गरेर चिनियाँ समूहले ३ सय २ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

    आज पत्रकार सम्मेलन गरी सीआईबीले चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष सार्वजनिक गरेको हो । अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी रहेको सीआइबीले जनाएको छ ।

    ६० किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको सीआईबीले ५० जनालाई प्रतिवादी बनाएको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिनुभयो ।

    साउन २ गते बरामद भएको ब्रेक सुमा ६० किलो बढी सुन भेटिएको थियो । गोदामहरुमा छापा मार्दा अरु पनि यसरी समान ल्याएको देखिएको सीआइबीको अनुसन्धानबाट खुलेको छ ।

    सीआईबीले सुन तस्करविरुद्ध ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ । तस्करहरुले सुन तस्करीका लागि नेपाली नागरिकहरुलाई प्रयोग गरेर ७ वटा कम्पनी खोलेका थिए । त्यसमध्ये एउटा कम्पनीबाट सामान आयात भएर भन्सारबाट पास भएको थिएन ।

    अरु कम्पनीबाट ल्याइएको इलेक्ट्रिक सामानमा पनि सुन आएको देखिएको भन्दै सीआईबी प्रमुख बज्राचार्यले अहिले ब्रेक प्याडको मात्र अनुसन्धान गरिएको र अरु सुनको अनुसधान गर्न बाँकी रहेको जानकारी दिनुभयो ।

    तस्करीमा अन्तर्राष्ट्रिय गिरोह संलग्न भएको सीआईबीको निष्कर्ष छ । यसमा ताइवान, हङकङ र मकाउमा बस्ने चिनियाँ नागरिक, भारत र नेपाली नागरिकको संलग्नता देखिएको सीआइबीको दाबी छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend