२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज कुशे औंशी तथा बुबाको मुख हेर्ने दिन


सञ्चार डबली
  • बिहीबार , भदौ २८ २०८०
  • 7.0K
    SHARES

  • images
    आज कुशे औंशी तथा बुबाको मुख हेर्ने दिन


    काठमाडौं, २८ भदौं । आज कुशे औंशी तथा बुबाको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले पवित्र कुश घरमा भित्राएर मनाउने गर्दछन् । मुख्यतः ब्राम्हणहरुले तयार पारेको कुश जजमानको घरमा लगिनेछ भने जसलाई वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिनेछ ।

    धार्मिक र परम्परागत मान्यता अनुसार ब्राह्मणले ल्याएको कुश जजमानकहाँ पुर्‍याउन र त्यो कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने भएकाले आज राखिने कुशको बिशेष मान्यता रहेको छ । सनातन धर्मावलम्बीले कुशलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend