२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मेजर विमल पण्डितको शव काठमाडौँ ल्याइयो


सञ्चार डबली
  • बुधबार, भदौ २७ २०८०
  • 14.7K
    SHARES

  • images
    मेजर विमल पण्डितको शव काठमाडौँ ल्याइयो

    २७ भाद्र २०८०

    काठमाडौँ । डोल्पास्थित नेपाली सेनाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको शव काठमाडौँ ल्याइएको छ। बुधबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत उनको शव काठमाडौँ ल्याइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्रेलले बताए ।

    प्रमुख जिल्ला अधिकारी पोख्रेलका अनुसार पण्डितका परिवारले बेलुका करिब साढे ८ बजे मात्रै शव पहिचान गरेका थिए । अनुहार प्रष्टसँग चिनिने नभए पनि पण्डितले लगाएको घडी,औँठी, दाँत र ज्युडालका आधारमा परिवारले शवको पहिचान गरेको र बाँकी पोष्टमाटम पछि मात्रै थाहा हुने प्रजिअ पोख्रेलले बताए ।

    गत १० भदौदेखि बेपत्ता ३८ वर्षीय मेजर पण्डितको शव १६ औँ दिनमा हिजो (मङ्गलवार) त्रिपुरासुन्दरी नगरपालिका-५ करवगाडस्थित चिन्डेबगरनजिक भेरी नदीको किनारमा फेला परेको थियो। काठमाडौंको कागेश्वरीमनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेदेखि त्रिपुराकोटबाट सम्पर्कविहिन भएका थिए। मेजर पण्डितको मृत्युको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend