२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सरकार र निजी क्षेत्रको सहकार्यबाट अर्थतन्त्रको विकास सम्भव छ : अर्थमन्त्री महत


सञ्चार डबली
  • बुधबार, भदौ २७ २०८०
  • 9.5K
    SHARES

  • images
    सरकार र निजी क्षेत्रको सहकार्यबाट अर्थतन्त्रको विकास सम्भव छ : अर्थमन्त्री महत

     

    काठमाडौ, २७ भदौ । सरकार र निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्रको विकास सम्भव भएको अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले दोहोर्याएका छन् । काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले विस्तारै अर्थतन्त्र चलायमान हुन थालेको भन्दै निजी क्षेत्रको सहयोगबाट नै नेपालको आर्थिक विकास सम्भव भएको बताएका हुन् ।

    उनले सरकार निजी क्षेत्रसंग सहकार्य गर्न सदैव तयार रहेको भन्दै सबै मिलेर राष्ट्रको विकासमा योगदान गर्नु पर्ने बताए । ‘म सबैलाई के आग्रह गर्न चाहान्छु भने अब हामी सबैले अर्थतन्त्र सकरात्मक बाटोमा जान्छ । त्यो किसिमको बहस थालौँ । त्यसले एउटा आत्मविश्वास बढ्छ । अर्थतन्त्रमा पैसै नभएको हैन । चलिरहेको छैन् । त्यो घुमिरहेको छैन् । त्यो घुम्न जरुरी छ । के हो के हो सबैले नराम्रो भन्छन् । सबैले खराब छ भन्छन् । त्यसले सबैले खर्च गर्न तयार नहुने र लगानीकर्ताले पनि ऋण लिन नचाहाने भइरहेको छ । ’

    उनले भने अब खर्च गर्नेले पनि खर्च गरेर र लगानी गर्नेले पनि लगानी गरेर अर्थतन्त्र माथि उठाउन भूमिका खेल्नु पर्ने उनको भनाई छ । उनले निजी क्षेत्रको जायज माग सम्बोधनका लागि सरकार तयार रहेको पनि बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend