२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको फलफूल तथा तरकारीको मूल्य, काउँली १०० रूपैयाँ


सञ्चार डबली
  • बुधबार, भदौ २७ २०८०
  • 10.0K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको मूल्य, काउँली १०० रूपैयाँ

     

    काठमाडौ, २७ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ६०, भारतीय ठूलो गोलभेडा ४०, टनेल गोलभेडा सानो ६०, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल ५०, काउली स्थानिय ९० रुपैयाँ र आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ५०, घिरौला ३० कायम भइ कारोबार भइरहेको छ ।

    त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल ६०, गाँजर १३०, मूला सेतो ८०, हाइब्रीड मूला १००, भन्टा डल्लो ६०, भन्टा लाम्चो ४०, मकै बोडी ८०, टाटे सिमी ७०, तितो करेला ९०, ब्रोकाउली ३००, कागती १८०, भिण्डी ३०, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी २०० रुपैयाँ तथा लोकल काक्रो ८०, अदुवा प्रतिकेजी १४० रहेको समितिले जनाएको छ ।

    समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार ३२०, नासपाती ८०, आभोकाडो २००, कालो अंगुर ४५०, किवि ४००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ तथा रहु माछा ३६०, छडी माछा २४०, मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

    यस्तै लप्सी प्रतिकेजी ६०, हरियो धनिया १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, परवर ४०, गुन्दुक २५०, पुदीना ५००, भारतीय प्याज सुकेको ६५, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ८०, शरीफा २००, फूजी स्याँउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला १२०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ८०, निबुवा ६०, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend