२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

भक्तपुरमा नापतौल डोर कार्यक्रम


सञ्चार डबली
  • बुधबार, भदौ २७ २०८०
  • 11.0K
    SHARES

  • images
    भक्तपुरमा नापतौल डोर कार्यक्रम

    काठमाडौं, २७ भदौ ।  भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लामा सञ्चालन गरिएको नापतौल कार्यक्रमअन्तर्गत मंगलवारसम्म झन्डै हजार बढी व्यावसायीहरुले सेवा प्राप्त गरेका छन् ।

    गुणस्तर तथा नापतौल कार्यालय, बालाजूबाट खटिएको कर्मचारीहरुको टोलीले भक्तपुर नगरपालिकाको टौमढीस्थित बुल्चापार्टीमा कार्यालय राखेर गत बिहीबारदेखि भक्तपुरमा नापतौल डोर कार्यक्रम सुरु गरेको थियो । जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि खटिएको कर्मचारीहरुको टोलीले चौंथो दिन नयाँठिमीस्थित शंखधर पार्टी प्यालेसमा कार्यालय राखेर सेवा दिएको हो । उक्त दिन करिब सयजना सेवाग्राही लाभान्वित भए । 


    पहिलो दिन भक्तपुर नगरपालिकाको टौमढीस्थित बुल्चापाटीमा कार्यालय राखेर सञ्चालन गरिएको डोर कार्यक्रममा १०६ जना, दोस्रो दिन कमलविनायक चोकबाट ११८, तेस्रो दिन सूर्यविनायकस्थित शुभकामना पार्टी प्यालेसबाट करिब दुई सयजना व्यवसायी, व्यापारीहरुले आआफ्ना नापतौलका सामग्रीहरु दर्ता तथा नवीकरण गरेको संघले जनाएको छ । भक्तपुर नगरभित्र डोर टोली बसे पनि जिल्लाका अन्य नगरपालिकाका व्यवसायी, व्यापारीहरु सेवा लिन आएका थिए ।


    संघका अनुसार नापतौल डोर कार्यक्रमअन्तर्गत पाँचौं दिन २६ गते मंगलबार पुरानोथिमीस्थित मध्यपुर बैंक्वेटमा डोर कार्यालय राखिएकाे थियाे भने छैठौं दिन २७ गते बुधबार काशैलटार चोकमा डोर कार्यालय राखेर नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरण सेवा प्रदान गरिने संघले जनाएको छ ।

    संघका अध्यक्ष शिवप्रसाद मानन्धरले जिल्लाका उद्योग, व्यवसायीहरुको मागअनुसार नै गुणस्तर तथा नापतौल कार्यालय बालाजूलाई अनुरोध गरी डोर कार्यक्रम सञ्चालन गरिएको बताए । उनले समयमा नै नापतौलका सामग्रीहरुको दर्ता र नवीकरण गरी आआफ्ना नापतौलका सामग्रीहरु प्रयोग गर्न व्यवसायीहरुलाई आग्रह गरे । संघका निवर्तमान अध्यक्ष प्रदिप श्रेष्ठले जिल्लाका व्यापारी, व्यवसायीहरुलाई घरदैलोमा नै सेवा दिन भक्तपुर उद्योग वाणिज्य संघले विगतका वर्षहरुमा पनि डोर कार्यक्रम सञ्चालन गरेको र आगामी वर्षहरुमा पनि सञ्चालनको लागि पहल गर्ने बताए । उनले नापतौल डोर सेवा लिने सेवाग्राहीहरुको दिनप्रतिदिन चाप बढ्दै गएको बताउँदै आवश्यकताअनुसार डोर सेवा कार्यक्रमको सययावधि थप गर्नको लागि कार्यालयसँग अनुरोध गर्ने जानकारी दिए ।

    आफ्नै घरआँगनमा आफूहरुले प्रयोग गर्दै आएको नाप्ने तथा तौलने सामग्रीहरुको दर्ता तथा नवीकरण गर्न पाउँदा स्थानीय खुसी भएको संघका सचिव एवं संघअन्तर्गत प्रकाशन, प्रचारप्रसार तथा बजार अनुगमन समितिका संयोजक विश्वराम दुवालले बताए । गुणस्तर तथा नापतौल कार्यालय, बालाजूबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरु समय खर्चेर दर्ता तथा नवीकरणका लागि बालाजू पुग्नुपर्ने झन्झटबाट मुक्त भएको उनको भनाइ छ ।

    संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जाले भक्तपुर उद्योग वाणिज्य संघ जिल्लाका उद्योगी, व्यवसायीहरुको छााता संगठन भएको कारण उद्योगी, व्यवसायीहरुको मागअनुसार डोर कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले नापतौल डोर कार्यक्रमजस्तै जिल्लाका उद्योगी, व्यवसायीहरुको हकहितको संरक्षण तथा सम्वद्र्धनको लागि संघले निरन्तर पैरवी गर्दै आएको स्पष्ट पारिन् ।

    व्यवसायी, व्यापारीहरुले प्रयोग गरेका नापतौलका सामग्रीहरुको नियमानुसार जाँच गरी नयाँ दर्ता तथा नवीकरण गरिदिएको गुणस्तर तथा नापतौल कार्यालय, बालाजूले जनाएको छ । नापतौलका सामग्री खरिद गरी नियमानुसार समयमै दर्ता नगराएका तथा समयमा नवीकरण नगराएका व्यवसायी तथा व्यापारीलाई जरिवाना लिएर दर्ता तथा नवीकरण गरिएको कार्यालयको भनाइ छ

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend