२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एभरेष्ट बैङ्क र ओम अस्पतालबिच सम्झौता, अब बैङ्कका ग्राहकलाई अस्पतालमा विशेष छुट


सञ्चार डबली
  • मंगलबार, भदौ २६ २०८०
  • 12.6K
    SHARES

  • images
    एभरेष्ट बैङ्क र ओम अस्पतालबिच सम्झौता, अब बैङ्कका ग्राहकलाई अस्पतालमा विशेष छुट

    काठमाडौं, २६ भदौ । एभरेष्ट बैङ्क लिमिटेड र ओम अस्पताल चाबहिलबिच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैङ्कका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा बैङ्क र अस्पतालबिच सम्झौता भएको हो । यससँगै अब बैङ्कका सम्पूर्ण ग्राहकहरूले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । 

    बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतद्वारा हस्ताक्षरित उक्त सम्झौता लागू भएसँगै बैङ्कका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारिक सदस्यहरूले उक्त अस्पतालबाट आपिडी–डाइग्नोस्टिक, फार्मेसी, फिजियो थेरापीमा १० प्रतिशत र दन्त सेवामा ५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन् । 

    सो समारोहमा बैङ्कका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवर्द्धन प्रबन्धक विनोद अधिकारीको समेत उपस्थिति रहेको थियो । 

    स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैङ्कमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैङ्किङ्सुबिधा प्रदान गर्दै आइरहेको छ । बैङ्कले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend