२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

२५ लाख इकाई ऋणपत्र बिक्री गर्न राष्ट्रिय वाणिज्य बैंकले माग्यो बोर्डसँग  अनुमति


सञ्चार डबली
  • मंगलबार, भदौ २६ २०८०
  • 8.7K
    SHARES

  • images
    २५ लाख इकाई ऋणपत्र बिक्री गर्न राष्ट्रिय वाणिज्य बैंकले माग्यो बोर्डसँग  अनुमति

     

     


    काठमाडौ, २६ भदौ । राष्ट्रिय वाणिज्य बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो । कुल २५ लाखमध्ये १० लाख इकाई ऋणपत्र सर्वसाधारणलाई जारी हुनेछ । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ संस्थाहरुलाई बिक्री गर्नेछ ।

    यस बैंकले ७ वर्ष अवधि भएको ‘१०.५ प्रतिशत आएबीबीएल डिबेन्चर २०८६’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.५ प्रतिशत ब्याजदर तोकिएको छ । यो डिबेन्चरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend