२०८० भाद्र, २५ सोमवार
काठमाडौं । बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रा.लि. ले दशैं र तिहारको पर्वहरुमा थप रौनक थप्न नयाँ उपभोक्ता योजना अघि सारेको छ । “बर्जर हाम्रो घर हाम्रो शान” योजना कम्पनीले ल्याएको हो । यो योजना आफ्नो घरको सौन्दर्यता अभिवृद्धि गर्न केन्द्रित रहेको कम्पनीले जनाएको छ ।
उत्पादनहरुको विस्तृत श्रृंखलासहित नेपालमा सजावटी रङहरुको एक प्रख्यात निर्माता कम्पनी बर्जर मानिन्छ ।
यस्ता छन् भाग्यशाली पुरस्कारहरुः
यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले रु. ५ लाखको बम्पर पुरस्कार प्राप्त गर्नुका साथै थप तीनजनाले जनही रु १ लाख र अन्य दशजना व्यक्तिहरुले रु. १०,००० नगद पुरस्कार प्राप्त गर्ने छन् ।
यसबाहेक, यो योजनाले घरधनीहरूलाई इन्टेरियर डिजाइनरबाट निःशुल्क परामर्श सेवाहरू प्राप्त गराई विज्ञको सल्लाह अनुसार आफ्नो घर श्रृंङ्गार्ने अवसर दिईनेछ । साथै, डिजिटल प्रतियोगितामा भाग लिई १०० उत्कृष्ट घरधनीहरूले आफ्नो घरको सुन्दर तस्वीर सेयर गरेर जनही रु २५ हजारको नगद पुरस्कार प्राप्त गर्ने मौका पाउनेछन् ।
यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्सो र वेदरकोट अल गार्ड जस्ता सिमित बर्जर उत्पादनहरूमा मात्र लागू हुनेछ ।
घरधनीहरूले यस योजनाको बारेमा विस्तृत जानकारीको लागि नजिकैको बर्जर डिलरहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ । नेपाली बजारमा उत्कृष्ट उत्पादनहरू पु¥याउने निरन्तर समर्पणको परिणाम स्वरुप यो चाडपर्वको माहोलसँगै कम्पनीले ‘वेदरकोट अल गार्ड फ्लेक्सो’, नयाँ बाहिरी इमल्सन पेन्ट बजारमा ल्याएको छ ।
यो इलास्टोमेरिक गुणहरूसहितको उच्च चमक भएको लक्जरी बाहिरी इमल्शन हो जसले बाहिरी भित्ताहरूमा रौँ जस्ता मसिना दरारहरू छोप्न मद्दत गर्दछ । सिलिकन एडीटिभ्ससँग बनाइएको रङले सबैखाले मौसम र परिस्थितिहरूमा भित्ताहरूलाई अतिरिक्त सुरक्षा दिन्छ, यो ८ वर्षको वारेन्टीसँगै उपलब्ध छ ।


