२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सेयर बजार १०.२३ अंकले बढ्यो


सञ्चार डबली
  • आइतबार, भदौ २४ २०८०
  • 9.9K
    SHARES

  • images
    सेयर बजार १०.२३ अंकले बढ्यो

     

    काठमाडौ, २४ भदौ । निरन्तर घटेको सेयर बजारमा आइतबार सामान्य सुधार देखिएको छ । यस दिन नेप्से सूचक १०.२३ विन्दुले बढेर १९४२.६८ अंकमा आएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

    मौद्रिक नीतिपछि बजार लगभग एकोहोरो ढंगले घट्यो । नीतिगत अवरोध र चर्को ब्याजदरका कारण बजार प्रभावित भएको अनुमान गरिएको छ । भदौंका लागि बैंकहरुले ब्याजदर बढाएकाले पनि बजार थप प्रभावित भएको हो ।

    यद्यापि, अब असोजमा भने ब्याजदर केही घट्न सक्ने अनुमान गरिएको छ । किनभने अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चित कोषमा रहेको रकममध्येबाट ६० प्रतिशत रकम निक्षेपका रुपमा गणना गर्न पाउने सुविधा दिएको छ । यस प्रावधानबाट झन्डै ६० अर्ब रुपैयाँ निक्षेप थपिने देखिएको छ । यसले ब्याजदर घटाउने सहयोग पुग्ने भएको हो ।

    ८ करोड ५६ लाख रुपैयाँसहित कारोबार रकममा हिमाल दोलखा हाइड्रोपावर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः माछापुच्छे बैंक र शिवम् सिमेन्ट्स परेका छन् । २७६ कम्पनीको ४३ लाख १४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend