२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

समाजवादी मोर्चा निर्वाचनका लागि होइन, भ्रममा नपर्नोस् : प्रधानमन्त्री प्रचण्ड


सञ्चार डबली
  • शुक्रबार, भदौ १५ २०८०
  • 8.0K
    SHARES

  • images
    समाजवादी मोर्चा निर्वाचनका लागि होइन, भ्रममा नपर्नोस् : प्रधानमन्त्री प्रचण्ड

    शुक्रबार, १५ भदौ २०८०
    काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा निर्वाचनका लागि गठन नभएको दाबी गरेका छन् । शुक्रबार पोखरामा आयोजित मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मोर्चा निर्वाचनउन्मुख नभई नयाँ समाजवादी क्रान्तिका लागि भएको दाबी गरे । मोर्चा गठनमा कुनै पार्टीगत र व्यक्तिगत स्वार्थ नभएको भन्दै उनले सम्पूर्ण वामपन्थी तथा समाजवादी विचारधाराहरूलाई एक ठाउँमा आउन आग्रह गरे । 

    ‘समाजवादी मोर्चा निर्वाचनका लागि होइन । निर्वाचनका लागि अर्कै मोर्चा बन्छ । यो मोर्चा नयाँ क्रान्ति र नयाँ अभियानका लागि गठन भएको हो’, उनले भने, ‘एउटै विचार र उद्देश्यमा केन्द्रीकृत हुनु गर्वको विषय हो । पार्टीगत कुनै स्वार्थ छैन । समाजवादी क्रान्तिको लागि एकताबद्ध भएको हो ।’

    अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा पुरानो एकता नभएको जिकिर गर्दै नयाँ विचार, दर्शन र सिद्धान्तको आधारमा नयाँ एकता भएको जिकिर गरे । सहमति, सहकार्य र एकताको आधारमा मात्रै नयाँ क्रान्ति हुने भएकाले मोर्चा गठनबारे भ्रमित नहुन उनले आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend